दफा १३२
फैसलाको सूचना तथा नक्कल दिने
(१) मुद्दाको कारबाहीमा शुरुदेखि नै संलग्न नरहेको अभियुक्त वा प्रतिवादी, थुना वा कैदमा रहेको अभियुक्त वा एउटा मात्र पक्ष भई एकतर्फी कारबाही भएको मुद्दाको अभियुक्तलाई अदालतले अनुसूची–४४ बमोजिमको ढाँचामा फैसलाको सूचना दिनु पर्नेछ ।
(२) उपदफा (१) बमोजिमको सूचना समाह्वान सरह तामेल गरिनेछ र त्यस्तो सूचना तामेल हुन नसकेमा नेपाल सरकारको स्वामित्वमा रहेको राष्ट्रिय स्तरको कुनै दैनिक समाचारपत्रमा सूचना प्रकाशन गरिनेछ ।
(३) अनुसूची–४ बमोजिमको मुद्दाका सन्दर्भमा उपदफा (२) बमोजिमको सूचना प्रकाशन गर्दा लाग्ने खर्च सम्बन्धित पक्षले व्यहोर्नु पर्नेछ ।
(४) अनुसूची–१, अनुसूची–२ र अनुसूची–३ बमोजिमको मुद्दामा भएको पैmसलाको जानकारी सम्बन्धित सरकारी वकिलको कार्यालयलाई समेत दिनु पर्नेछ ।